डोटी बहुमुखी क्याम्पसको ६३ औं वार्षिकोत्सब विभिन्न कार्यक्रमको आयोजना गरि मनाईयो

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी डोटी
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा पुरानो डोटी बहुमुखी क्याम्पस सिलगढीले आफ्नो ६३ औं वार्षिकोत्सब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । डोटी बहुमुखी क्याम्पसको सभाकक्षमा शुक्रबार आयोजना गरिएको बार्षिकोत्सब समारोहमा बोल्ने बिभिन्न बक्ताहरुले डोटी जिल्लालाई शैक्षिक हवको रुपमा बिकास गर्ने हो भने डोटी बहुमुखी क्याम्पसलाई हरेक क्षेत्रमा स्तरोन्नती गर्नु पर्ने बिचार व्यक्त गरेका थिए ।
उक्त वार्षिकोत्सब कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले डोटीको शैक्षिक बिकासमा डोटी बहुमुखी क्याम्पसले पु¥याएको योगदान चर्चा गर्दै क्याम्पसले समय अनुकुल आफुलाई स्तरोन्नती गर्दै जानु पर्ने बताउनु भयो ।
सम्बृद्ध डोटी निर्माणको लागि समय अनुकुलको शिक्षा आबश्यक रहेको बताउदै सिंहले त्यसका लागि डोटी बहुमुखी क्याम्पसले अगुवाई गर्नु पर्ने बिचार व्यक्त गर्नु भयो । डोटी क्याम्पसले नयाँ बिषयको पठनपाठन शुरु गर्नु पर्ने र त्यसका लागि डोटीका राजनैतिक दल र स्थानीय तहले सहकार्य र सहयोग गर्न आग्रह गर्नु भयो ।

उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का, आदर्श गाउँ पालिकाका अध्यक्ष गणेशबहादुर खड्का लगायतका बक्ताहरुलले क्याम्पसको बिकासको लागि आफ्नो सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
क्याम्पसका उप प्रध्यापक टीका फुलाराको सन्चालनमा सम्पन्न उक्त समारोहमा बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले क्याम्पसको समग्र अवस्थाको वारेमा उपस्थित सरोकारवालालाई जानकारी गराउनु भएको थियो । बि.सं. २०१७ सालमा स्थापित त्रिभुवन विश्वबिद्यालयको आँगिक डोटी बहुमुखी क्याम्पसमा बिभिन्न चुनौतीका वीचमा पनि गुणस्तर सुधारको लागि निरन्तर पहल भईरहेको बताउदै डोटीका स्थानीय सरकार तथा राजनैतिक दल, नागरिक समाजको निरन्तर साथ सहयोग रहेमा क्याम्पसलाई सुदूरपश्चिम कै नमूना बनाउन सकिने धारणा व्यक्त गर्नु भयो ।
वार्षिकोत्सवको अवसरमा क्याम्पसका अक्षयकोषदाता, क्याम्पसलाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरु, पूर्व क्याम्पस प्रमुखहरु, प्राध्यापकहरु, कर्मचारी, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरि वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका बिभिन्न प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.