काँग्रेसलाई पुरानै स्थानमा स्थापित गरेर बिश्राम लिन्छु ःनरेन्द्रबहादुर सिंह, सभापति नेपाली काँग्रेस डोटी
घण्टेश्वर अनलाईन
राजपुर, दिपायल
नेपाली काँग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले डोटीमा नेपाली काँग्रेसलाई पुरानै स्थानमा स्थापित गरेर राजनीतिबाट बिश्राम लिने बताउनु भएको छ ।
१४ औं महाधिबेशन पश्चात आयोजना गरिएको नेपाली काँग्रेस डोटीको प्रथम जिल्ला सम्मेलनमा बोल्दै सभापति सिंहले डोटी नेपाली काँग्रेसका ऐतिहासिक मतदाता रहेको जिल्ला भएपनि पार्टीका नेता कार्यकर्ता ईमान्दार नबन्दा निर्बाचनको परिणाम पार्टीको पक्षमा आउन नसकेको बताउनु भयो ।
गत मँसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचनमा नेकपा(माओवादी केन्द्र) र पार्टीका केही अन्तरघातीहरुको असहयोगका कारण पराजित भएपनि राजनीति नहारेको धारणा ब्यक्त गर्नु भयो ।
सभापति सिंहले डोटीमा पार्टी पराजित केही नेता कार्यकर्ताहरुलाई दुःख नलागेको बताउदै पार्टी नै सकिने गरि गुटगत राजनीति नगर्न आग्रह गर्नु भयो ।