घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
यस बर्षको गणतन्त्र दिवसको अवसरमा पारी डोटीको शैलेश्वरी मन्दिरमा दिप प्रज्वलन गरिएको छ ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह, उपप्रमुख स्मृति चुनारा, डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायत जिल्लाका सरकारी तथा गैरसरकारी सँस्था, राजनैतिक दल, नागरिक समाजका प्रतिनिधिहरुले सोमबार शैलेश्वरी मन्दिरमा दिप प्रज्वलन गरि गणतन्त्र दिवसको शुभकामना आदान प्रदान गरेका थिए ।
गणतन्त्र दिवसको अवसरमा आईतबार शैलेश्वरी मन्दिरको प्राङ्गणमा सरसफाई गर्नुका साथै डोटी जिल्ला अस्पतालका बिरामीलाई फलफुल बितरण गरिएको थियो ।