Prem

शान्ति सुरक्षा कायम तथा अपराध नियन्त्रण गर्न डोटीमा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक

गणेश मौनी
सिलगढी
सुदूरपश्चिम प्रदेशका पाँच  जिल्ला स्थित सुरक्षा निकायहरुले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भईरहेको समन्वयलाई थप प्रभावकारी बनाउने भएका छन ।
जिल्ला प्रशासन कार्यालय डोटीद्वारा शनिबार सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्र पुन्नामा आयोजना गरिएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा सहभागि सुरक्षा निकायका प्रमुखहरुले एकआपसमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेका हुन ।
सुरक्षा समन्य बैठकमा हरेक जिल्लाका शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको क्षेत्रमा थालिएका असल अभ्यासहरु, देखिएका चुनौतीको वारेमा अनुभव आदान प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका क्षेत्रमा देखिएका समस्याहरु करिब एउटै प्रकृतिका रहेका छन । सुदूरपश्चिमका बिभिन्न जिल्लाका सुरक्षा निकायका बीचमा अनुभव आदान प्रदान गर्दै समन्वयलाई थप प्रभावकारी बनाउने हो भने शान्ति सुरक्षा कायम र अपराध न्यूनिकरण गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो ।
बैठकमा अन्तर जिल्ला स्तरीय शान्ति सुरक्षा ब्यवस्थापन, राजमार्ग सञ्चालन, ट्राफिक ब्यवस्थापन, विपत ब्यवस्थापन, अबैध हातहतियार तथा लागूऔषध नियन्त्रण, बन पैदावार तथा चोरी शिकारी नियन्त्रण, अन्तर जिल्ला समन्वय, सहकार्य र सहजिकरणको बारेमा छलफल गरिएको थियो ।
उक्त सुरक्षा समन्वय बैठकमा सुदूरपश्चिम प्रदेशका डोटी अछाम डडेल्धुरा बैतडी र कैलालीका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.