Prem

सुदूरपश्चिमको डडेल्धुरामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

घण्टेश्वर अनलाईन
काठमाण्डौं
सरकारले सुदूरपश्चिमको डडेल्धुरा सहित ५ जिल्लामा नमूना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने घोषणा गरेको छ ।
संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले उक्त घोषणा गरेका हुन् ।
बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक÷एकवटा नमूना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने अर्थमन्त्री महतद्वारा प्रस्तुत बजेटमा उल्लेख छ ।
नमूना आवासीय सामुदायिक विद्यालय शैक्षिक गुठीमार्फत सन्चालन हुने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.