माद्यमिक शिक्षा परीक्षामा जिल्ला स्तरबाट सर्बोत्कृष्ट अँक ल्याउने डोटीका दुई बिद्यार्थी सम्मानित

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
बि.सं. २०७९ मा सन्चालित माद्यमिक शिक्षा परीक्षामा डोटी जिल्ला स्तरबाट सर्बोत्कृष्ट अँक ल्याउने दुई जना बिद्यार्थीलाई सोमबार सिलगढीमा सम्मानित गरिएको छ ।
नेपाल शिक्षक महासँघ डोटीको दोश्रो जिल्ला अधिबेशनको उद्घाटन समारोहमा रामपुर माबि बुडरकी छात्रा भावनाकुमारी जेठारा र सिद्धेश्वर माबि बानिडुग्रिसैनका छात्र धिरज बलायरलाई सम्मानित गरिएको हो ।
जिल्ला समन्वय समिति डोटीका सँयोजक लक्ष्मणबहादुर सिंहले डोटी जिल्लाभरिबाट माध्यमिक शिक्षा परीक्षामा सर्बोत्कृष्ट अँक ल्याउने छात्र छात्रालाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.