
घण्टेश्वर अनलाईन
सायल
नेपाल नेत्रज्योती सँघ, गेटा आँखा अस्पताल कैलालीले डोटीको सायलमा सन्चालन गरेको निःशुल्क आँखा शिविरमा ४ सय बढी स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन ।
सायल गाउँ पालिका वडा नं. २ स्थित भवानी माबि लुसाकोटमा सोमबार र मँगलबारमा सन्चालन गरिएको निःशुल्क आँखा शिबिरमा ४ सय बढी को आँखा परीक्षण, निःशुल्क चस्मा बितरण गरिएको थियो भने ७१ जना मोतिबिन्दु लगायत आँखा रोगीहरुको निःशुल्क अपरेशन गरिएको थियो ।