खप्तडमा भएको भलिबल प्रतियोगितामा साँफेबगरको टीम बिजयी

All time tax

घण्टेश्वर अनलाईन

सिलगढी

यस बर्षको गंगा दशहरा मेलाको अवसर पारी पर्यटकीय स्थल खप्तडमा आयोजना गरिएको खुलला भलिबल प्रतियोगितामा अछामको साँफेबगर नगरपालिका टीम बिजेता बनेको छ ।

खप्तड मध्यवर्ती क्षेत्रका डोटी, अछाम, बझाङ्ग र बाजुरा जिल्लाका १६ वटा भलिवल टीमको सहभागिता रहेको उक्त प्रतियोगितामा खप्तड राष्ट्रिय निकुन्जको खेलाडी टीम दोश्रो र खप्तड मध्यवर्ती व्यवस्थापन समितिको खेलाडी टीम तेश्रो भएको आयोजकले जनाएका छन ।

खेलकुदको माध्यमबाट खप्तडको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले  नेपाली सेनाको व्यवस्थापनमा सुदुर पश्चिम खेलकुद परिषद र डोटी उद्योग बाणिज्य संघले आयोजना गरेका थिए ।

उक्त प्रतियोगितामा प्रथमहुने खेलाडी टीमलाई ५० हजार, दोश्रो हुने खेलाडी टीमलाई ३० हजार र तेश्रो हुने खेलाडी टीमलाई २० हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.