घण्टेश्वर अनलाईन
सिलगढी
दलित महिला संघ (फेडो) डोटीले परियोजना क्षेत्रमा रहेका १ सय पाँच परिवारलाई राहात सामग्री बितरण गरेको छ ।
परियोजना क्षेत्रका बिपन्न, जोखिममा रहेका तथा कोरोना महामारीबाट प्रभावित महिलाहरुलाई सहयोग पुर्याउने उद्देश्यले परियोजना सँचालित ३ स्थानीय तहका १ सय ५ परिवारलाई राहात सामग्री बितरण गरिएको दलित महिला सँघ डोटीका जिल्ला कार्यक्रम सँयोजक शँकर बिकले जानकारी दिनु भयो ।
जिल्ला कार्यक्रम सँयोजक बिकका अनुसार दिपायल सिलगढी नगरपालिकाको वडा नं. ५ र ६ , शिखर नगरपालिकाको वडा नं. ६ र ९ तथा बडिकेदार गाउँपालिकाको वडा न १ र २ का बिपन्न परिवारका महिलाहरुलाई राहात सामग्री बितरण गरिएको थियो ।
वितरण गरिएको राहात सामग्रीहरुमा राहत सामग्रीहरुमा प्रति परिवार ६० किलो चामल, ६ किलो दाल, एक सेट ग्याँस चुलो, रेगुलेटर, ग्याँस सिलिन्डर, ४ लिटर खाने तेल, दुई किलो लुगा धुने सर्फ, एक दर्जन नुहाउने साबुन, चार किलो चिनी, दुई प्याकेट आयोनून, खैरो चना दुई किलो, पुनः प्रयोग गर्न मिल्न ६ पिस सेनिटरी प्याड लगायत प्राथमिक उपचार सामग्री रहेका छन । हरेक स्थानीय तहमा छनौट गरिएका ३५ परिवारलाई वितरण गर्न आयोजना गरिएको राहात बितरण कार्यक्रममा जिल्ला समन्वय समितिका सँयोजक, स्थानीय नगर तथा गाउँ पालिकाका प्रमुखहरु लगायतका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारीको समेत उपस्थिती रहेको थियो ।
दलित महिला संघ (फेडो) र न्याय तथा अधिकार संस्था नेपाल (जुरी नेपाल) को संयुक्त साझेदारी सन्चालित हाम्रो सहकार्य परियोजना अन्तरगत डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र बडिकेदार गाउँपालिकामा उक्त राहात सामग्री बितरण गरिएको फेडोले जनाएको छ ।