गणेश मौनी
दिपायल
समान पहुच बिकास केन्द्र डोटी र सामुदायिक बिकास केन्द्र डोटीका समुदाय स्तरमा कार्यरत सामाजिक परिचालकहरुलाई सामाजिक परिचालन सीप सम्बन्धि क्षमता अभिबृद्धि गरिएको छ ।
वल्र्ड भिजन इन्टरनेशनलसँगको साझेदारीमा सन्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाका अन्तरगत समुदायमा कार्यरत सामाजिक परिचालकहरुलाई सामाजिक परिचालन सीप सम्बन्भि तालिम दिईएको सिड नेपालका कार्यक्रम सँयोजक सुनिल जोशीले बताउनु भयो ।
दिपायल स्थित बर्ष होटलमा आयोजना गरिएको सो ३ दिने तालिममा समुदायस्तरमा हुने समस्याहरु त्था समाधान, प्राथमिकिकरण सीप, सामाजिक परिचालनका औजार, बिधीहरुको प्रयोगको बारेमा जानकारी दिईएको थियो ।
तालिममा सामुदायिक बिकास केन्द्र डोटीका ६ जना र समान पहँुच बिकास केन्द्र डोटीका ११ जना गरि १७ जनाको सहभागिता रहेको थियो ।