दिपायल सिलगढीका बालबालिकाहरुद्वारा आफ्ना योजनाहरु नगरपालिकामा पेश

गणेश मौनी
सिलगढी
दिपायल सिलगढी नगरपालिकाका बालबालिकाहरुले आफ्ना योजनाहरु नगरपालिकालाई बुझाएका छन । नगरपालिकाले आगामी बर्षको लागि योजना तथा बजेट तर्जुमाको लागि योजना पेश गर्न आह्वान गरेपछि बालबालिकाहरुले आफ्ना योजनाहरु, प्राथमिकताहरु र बजेट नगर प्रमुख बाजीसिंह खड्कालाई बुझाएका हुन । उक्त अवसरमा दिपायल सिलगढी नगरपालिका क्षेत्रमा बालबालिकाका सवालहरु पहिचान गर्नुका साथै नगरपालिकाले तत्काल सम्बोधन गर्नु पर्ने योजनाको वारेमा विवरण पेश गरिएको थियो ।
वालवालिकाहरुले पेश गरेको योजनाहरु बुझ्दै नगर प्रमुख खड्काले बालबालिकाहरुले आफ्ना योजनाहरु आफै छनौट गरेर नगरपालिकालाई निकै ठूलो सहयोग गरेको बताउनु भयो । नगरपालिकाको आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रममा बालबालिकाहरुका योजनालाई विशेष प्राथमिकता दिईने बताउदै नगर प्रमुख खड्काले भबिष्यमा योग्य र सक्षम नागरिक उत्पादन गर्ने हो भने बालबालिकाको बिकासमा लगानी गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।
बालबालिकाहरुलाई योजना तर्जुमा प्रकृयाका सहजिकरण गर्ने उद्देश्यले सिलगढीमा दुई दिने नगर स्तरिय बाल भेला तथा स्थानीय योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा सामुदायिक विकास केन्द्र डोटी, सम विकास केन्द्र डोटी, एक्सनएड नेपाल, वल्र्ड भिजन इन्टरनेशनल, गुड नेर्वस इन्टरनेशनल, समान पहुँच विकास केन्द्र डोटीले आयोजना गरेका थिए ।
उक्त अवसरमा दिपायल सिलगढी नगरपालिकाका बालबालिकाहरुल बिबेक नेपालीको अध्यक्षतामा १३ सदस्यीय शैलेश्वरी खप्तड नगरस्तरीय बालक्लब संजाल समेत निर्माण गरेका छन । उक्त सन्जालका अन्य पदाधिकारीहरुमा क्रमस उपाध्यक्ष सर्मिला नेपाली, सचिब खिना कडायत, सह सचिब श्रीया द्वारीया र कोषाध्यक्षमा संगम देवल रहेका छन ।
यसैगरि सदस्यहरुमा क्रमस पार्बती बिक, सपना खड्का, लक्ष्मी बिष्ट, रमेश ताम्राकार, दिपक मिजार, रोशन खड्का, शुसिला साउँद, दिपा साउद रहेका छन ।

Leave A Reply

Your email address will not be published.