Prem

नगरपालिकाद्वारा सन्चालित पाँच वटा तालिमको एकैदिन समापन

घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिका डोटीद्वारा सन्चालन गरिएका बिभिन्न अबधिका पाँच वटा तालिमको एकैदिन बुधबार समापन गरिएको छ ।
दिपायल सिलगढी नगरपालिकाद्वारा बिभिन्न वडामा सन्चालित दुना टपरी तालिम, होजियारी तालिम, कपडा बुन्ने तालिम, कम्प्युटर तालिम र साबुन बनाउने तालिमको बुधबार समापन गरिएको हो ।
नगरपालिका क्षेत्रमा रहेका महिला, विपन्न समुदाय तथा युवाहरुलाई सीपमूलक तालिम दिई आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले बिभिन्न वडामा बिभिन्न अबधिको सीपमूलक तालिम सन्चालन गरिएकोे दिपायल सिलगढी नगरपालिकाका उद्यम विकास शाखाका वरिष्ठ उद्यम विकास सहजकर्ता लालबहादुर खड्काले जानकारी दिनु भयो ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत सन्चालन गरिएको विभिन्न सीप विकास तालिमका सहभागिहरुलाई बुधबार दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको एक कार्यक्रमका बीच प्रमाण पत्र प्रदान गरिएको थियो ।
तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंहले स्थानीय स्तरमा रोजगारीको अवसर श्रृजना गर्न सीपमूलक तालिमको आबश्यकता भएको बताउदै तालिमका सहभागिहरुले आफुले सिकेका कुरा ब्यवहारमा प्रयोग गरेर देखाउनु पर्ने कुरामा जोड दिनु भयो ।
समापन कार्यक्रममा तालिमको अबधिमा उत्पादन गरिएका बिभिन्न सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.