घण्टेश्वर अनलाईन
गडसेरा, डोटी
डोटीको जोरायल गाउँ पालिका वडा नँ ५ खतेडा गडसेरा स्थित महाकाली माविले बिहिवार कक्षा ९ का बिद्यार्थीहरुलाई स्थलगत रुपमा केरसावारीको जानकारी गराएको छ ।
कक्षा ९ को नेपाली बिषय अन्तरगत रहेको करेसावारी बिषयमा स्थलगत रुपमा बिद्यार्थीहरुलाई करेसावारी मै लगेर जानकारी गराईएको बिद्यालयले जनाएको छ ।
बिद्यार्थीहरुलाई कक्षा कोठाको ज्ञानले मात्र नपुग्ने भएकाले स्थलगतमै शिक्षण गराउन शुरु गरिएको नेपाली बिषयका शिक्षक ज्ञानीप्रसाद ओझाले जानकारी दिनु भयो ।
उक्त अवसरमा स्थानीय खतेडा निवासी सफल कृषक शेरवहादुर देउवाको करेसावारी अवलोकन गर्नुका साथै करेसाबारी मै शिक्षक तथा कृषक देउवाले करेसाबारीको बिबिध पक्षको वारेमा बिद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
सफल कृषक देउवाले बिगत १ बर्ष देखि आफुले बिना अनुदान स्वच्छ, आर्गेनिक तरकारी उत्पादन गरि एक मौसममा कम्तीमा ५० हजारको आम्दानी गरिरहेको जानकारी दिएका थिए । बिद्यार्थीहरुले स्थलगत भ्रमणबाट करेसवारीको बारेमा धेरै जानकारी पाएकोले अन्य बिषयमा पनि स्थलगत शिक्षण गराउन माग गरेका थिए । पाठ्यबस्तुमा रहेका बिषयबस्तु मध्य स्थानीय स्तरमा सम्भव भए सम्म कक्षा कोठाका अतिरिक्त स्थलगत रुपमा नै शिक्षण गर्न पहल गरिने बिद्यालयले जनाएको छ ।