जोरायलको ६ नम्बर वडा कार्यालयद्वारा एक बर्षे कार्यकालको समिक्षा

घण्टेश्वर अनलाईन
निरौली डोटी
जोरायल गाउँ पालिका ६ नम्बर वडा कार्यालयले बुधबार आफ्नो एक बर्षे कार्यकालको समिक्षा गरेको छ ।
वडा अध्यक्ष गणेश बोहराको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा वडा कार्यालयले एक बर्षको अबधिमा भएका कामहरु, राम्रा अभ्यास र समस्याहरुका वारेमा वडावासीलाई जानकारी गराएको थियो ।
समिक्षा कार्यक्रममा जोरायल गाउँ पालिका वडा नं. ६ भौगोलिक रुपमा बिकट भएकाले गाउँ पालिकाले वडा नं. ६ लाई बिशेष प्राथमिकतामा राखेर योजना तर्जुमा गर्नु सहभागिहरुले माग राखेका थिए । उक्त अवसरमा आगामी बर्षको लागि वडाले गर्नु पर्ने कामको वारेमा सुझाव पनि सँकलन गरिएको थियो ।
सोही कार्यक्रममा सार्बजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनका प्रतिबन्ध लगाउने बारेमा जिल्ला स्तरमा भएको निर्णय वडा नं. ६ मा पनि कडाईका साथ कार्यान्वयन गरिने बिषयमा जानकारी दिईएको थियो ।
उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष कडाईका साथ कार्यान्वयन गणेश बोहराले वडा नं. ६ लाई वालविवाह मुक्त बनाउनको लागि अभियान सन्चालन गरिएको बताउदै कम्तीमा पनि २० बर्ष पछि विवाह गर्ने जोडीलाई वडाले सम्मान सहित पुरस्कृत गरिने जानकारी दिनु भयो ।
वडामा मदिरा बिक्रि बितरण तथा सेवनलाई व्यवस्थित गर्न लागिएको बताउदै मेरो टोल, म गर्छु मदिरा नियन्त्रण भन्ने नारालाई अघि सारिएको र धुम्रपान, मद्यपान सेवन नगर्ने परिवारलाई सम्मान सहित पुरस्कृत गरिने वडाअध्यक्ष बोहराले बताउनु भयो ।
कार्यक्रममा सामुदायिक बिकास मन्चका गिरिराज पाठकले छाउपडी प्रथा बालविवाह, महिला बिरुद्ध हुने घरेलु हिंसाको वारेमा वडा कार्यालय तथा वडावासीले खेल्नु पर्ने भूमिकाको वारेमा बोल्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.