घण्टेश्वर अनलाईन
काठमाण्डौं
सुदूरपश्चिमका पुराना पत्रकार उमिद बागचन्द नेपाली काँग्रेसको सूचना, सन्चार तथा प्रचार बिभागमा मनोनित भएका छन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहिबार पत्रकार उमिद बागचन्द सहित ३९ जनालाई बिभागको सदस्यमा मनोनित गरेका हुन ।
नेपाली काँग्रेसका नेता मीनबहादुर बिश्वकर्मा प्रमुख रहेको सूचना, सन्चार तथा प्रचार बिभागको सदस्यमा पत्रकार बागचन्दलाई मनोनित गरिएको नेपाली काँग्रेसका मुख्य सचिब कृष्णप्रसाद पौडेलद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । पत्रकार बागचन्द सुदूरपश्चिमका पुराना पत्रकार तथा सूचनाको हकका अभियन्ता पनि हुन ।