घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई शुक्रबार सकारात्मक सोच तथा सामाजिक जवाफदेहिता बिषयमा क्षमता अभिबृद्धि तालिम दिईएको छ ।
नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सकारात्मक सोच तथा सामाजिक जवाफदेहिताका विषयमा जानकारी दिई कार्य सम्पादन गर्ने शैलीमा परिबर्तन ल्याउने उद्देश्यले उक्त एक दिने तालिम दिईएको हो ।
बास नेपाल डोटीको सहजिकरण तथा दिपायल सिलगढी नगरपालिकाको आयोजनामा भएको उक्त तालिममा पूर्ब सचिब तथा राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले सकारात्मक सोच तथा सार्बजनिक निकायमा सामाजिक जवाफदेहिताका बिबिध पक्षका वारेमा प्रशिक्षण दिनु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा बोल्दे प्रशिक्षक बास्कोटाले साधन श्रोत भएर पनि काम गर्ने प्रणाली र सोच परम्परागत भएका कारण परिबर्तन अनुभूति हुने गरि परिबर्तन हुन नसकेको धारणा व्यक्त गर्नु भयो ।
यसै गरि जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले स्थानीय तहमा रहेको साधन श्रोतलाई सकारात्मक सोचका साथ सदुपयोग गर्न सकेमा परिबर्तन ल्याउन सकिने बताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले सार्बजनिक निकायमा काम गर्ने हरेक व्यक्ति तथा निकायको सामाजिक जवाफदेहिता हुने भएकाले सकारात्मक सोचका साथ जनतामा परिबर्तनको अनुभूति हुने गरि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । हामीसँग ४ बर्ष बाँकी छ, सकारात्मक सोच तथा सामाजिक जवाफदेहिता बहन गर्दै उत्कृष्ट काम गरेर देखार्आैं, जनताले परिबर्तनको अनुभूति अबश्य गर्नेै छन, नगर प्रमुख खड्काको भनाई थियो ।
उक्त तालिममा जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो ।