घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ सभाको शुक्रबार सम्पन्न १४ औं अधिबेशनले आगामी आर्थिक वर्षको लागि वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
जोरायल गाउँ पालिकाद्वारा शुक्रबार आयोजना गरिएको गाउँ सभाको १४ औं अधिबेशनले अध्यक्ष दुर्गादत्त ओझाद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम सर्बसहमत स्वीकृत गरेको हो ।
उक्त अवसरमा अध्यक्ष ओझाले ३७ बुँदामा गत बर्षको मुख्य उपलब्धीहरु तथा १३८ बुँदामा आगामी बर्षको नीति तथा कार्यक्रम समाबेश गर्नु भएको थियो ।
जोरायल गाउँ पालिकाद्वारा प्रस्तुत आगामी बर्षको वार्षिक नीति तथा कार्यक्रममा कृषि तथा पशु बिकास, सँस्कृति तथा पर्यटन बिकास, स्वास्थ्य तथा शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई, लैंङ्गीक समानता तथा सामाजिक समाबेशीकरण, भौतिक पूर्बाधार, वन तथा वातावरण, बिद्युतीकरण तथा सन्चार लगायतका क्षेत्रलाई प्राथमिकता सूचीमा राखिएको छ ।
उक्त कार्यक्रममा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जोरायल गाउँ पालिकाका अध्यक्ष दुर्गादत्त ओझाले स्थानीय स्तरमा बिकासका लागि गर्नु पर्ने धेरै भएपनि केन्द्र सरकारवाट प्राप्त हुने वार्षिक अनुदान बजेट भने घट्दो अवस्थामा रहेको बताउनु भयो ।
हामीले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा समाबेश गरिएका बिषयहरुलाई केन्द्र तथा प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट सम्बोधन गर्न प्रयास गरिने अध्यक्ष ओझाले सम्बोधनका क्रममा बताउनु भयो ।
जोरायल गाउँ सभाको १४ अधिबेशन अन्तरगत असार ९ गते बिभिन्न ऐनहरु पारित गरिने र त्यसपछि बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको गाउँ पालिकाले जनाएको छ ।