मन्त्री सिंहको निधनमा नेपाली काँग्रेस सुदूरपश्चिमले ३ दिन शोक मनाउने

घण्टेश्वर अनलाईन
धनगढी
नेपाली काँग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा नेपाली काँग्रेस सुदूरपश्चिमले ३ दिन शोक मनाउने भएको छ ।
नेपाली काँग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायरले बुधबार एक शोक बक्तव्य जारी गरि सुदूरपश्चिम प्रदेशभर ३ दिन शोक मनाउन निर्देशन दिनु भएको छ ।
सभापति बलायरद्वारा जारी बिज्ञप्तीमा ३ दिन पार्टीका कुनैपनि कार्यक्रम नगर्न ३ दिन पार्टीको झण्डा आधा झुकाउन भनिएको छ । ‘सरल स्वभाव र सादगी जीवन शैलीका एक साहसिक योद्धा, बझाङ्ग जिल्लाका पूर्ब पार्टी सभापति, पार्टी कार्यकर्ताका लागि प्रेरणाका स्रोत नेता सिंहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेका भन्दै दुःख ब्यक्त गरेका छन । मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश भरी शोक विदा दिएको छ ।
यसैगरि मन्त्री सिंहको पार्थिव शरीरमा आज धनगढीमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिईएको छ ।
बुधबार धनगढी रँगशालामा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारी, प्रदेशका मन्त्रीहरू, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरू, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरूले श्रद्धाञ्जली दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.