घण्टेश्वर अनलाईन
बिपनगर डोटी
डोटीको बडिकेदार गाउँ पालिका वडा नं. २ अन्तरगत रहेका सामुदायिक वनबाट सालका गोलिया लोड गरि कैलाली तर्फ गईरहेक ६ वटा ट्रकहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
बडिकेदार गाउँ पालिका वडा नं. २ अन्तरगत रहेको हरियाली सामुदायिक वन र जनमुखी सामुदायिक वनबाट छुट पूर्जी नभएका अबैध काठ लोड भई ५ वटा ट्रक कैलाली तर्फ गईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विपिनगरबाट खटि गएको प्रहरी टोलीले बुधबार कैलाली चुरे गाउँ पालिकाको चोट्टेबाट नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय विपि नगरका अनुसार अबैध काठ बोकी कैलाली गईरहेको अवस्थामा नियन्त्रणमा लिईएका ट्रकहरुमा क्रमस ः ना ५ ख ८००७, ना ४ ख ८३१९, लु २ ख ५१०३, सु.प.प्र.०१००१ ख २९९६, ना ७ ख २६१५ र से १ ख १५७४ रहेका छन ।
नियन्त्रणमा लिईएका ट्रकहरुले विना छुटपूर्जी डोटी बडिकेदार गा.पा.२ स्थित हरियाली सामुदायिक बनबाट ६७१.९२ क्यु फिट र जनमुखी सामुदायिक बनमा २२४८.३४ क्यु फिट सालको गोलिया काठ लोड गरि कैलाली तर्फ गईरहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि लानाकेदारेश्वर सव डिभिजन बन कार्यालय बिपिनगर डोटीमा बुझाईएको छ ।