घण्टेश्वर अनलाईन
धनगढी
सुदूरपश्चिम प्रदेश सरकारले गत मँगलबार बझाङ्गको केदारस्यूँ गाउँपालिका–१ झारछडामा भएको जिप दुर्घटनाको छानविन गर्न एक समिति गठन गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको घटनाको छानविन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गंगाबहादुर खरेलको नेतृत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो ।
प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक(एसएसपी), सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव नवराज ओझा, मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता टेकबहादुर थापा, यातायात व्यवस्था कार्यालय धनगढीका मेकानिकल इन्जिनियर र कानुन मन्त्रालयका शाखा अधिकृत विष्णुदत्त अवस्थीलाई सदस्य तोकेको छ ।
समितिलाई दुर्घटनाको छानविन गरेर १५ दिनभित्र्र प्रतिवेदन पेश गर्न समायबधी तोकएको छ ।
उक्त दुर्घटनामा मन्त्री सिंह, उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको थियो । दुर्घटनामा मन्त्री सिंहका निजी सुरक्षा गार्ड दिपक भण्डारी र चालक धर्मराज जोशी घाइते भएका छन् । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।