जोरायलको चनकट्टेमा वडास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

llc

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ३ चनकट्टेमा वडा स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
सरस्वतीनगर सामुदायिक सिकाई केन्द्रद्वारा शुक्रबारवडा नं. ३ अन्तरगत रहेका ७ वटा आधारभूत बिद्यालयहरुको सहभागिता रहेको थियो ।
शिबपुर माबि चनकट्टेमा आयोजना गरिएको उक्त प्रतियोगितामा रत्न आधारभूत बिद्यालय रावतकट्टे प्रथम, शिबपुर माबि चनकट्टे दोश्रो र भागेश्वर आधारभूत बिद्यालय बेलटुक्रा तृतीय भएको जोरायल गापा शिक्षा शाखाका प्राबिधिक सहायक अमृत ओलीले जानकारी दिनु भयो ।
हाजिरिजवाफ प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.