दिपायल सिलगढीका दलित महिलाहरुलाई च्याउ खेती सम्बन्धि तालिम

घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिकाका २५ जना स्थानीय दलित महिलाहरुलाई च्याउ खेती सम्बन्धि तालिम दिईएको छ । दलित महिला सँघ डोटी तथा घरेलु तथा साना उद्योग बिकास कार्यालय दिपायलको सँयुक्त आयोजनामा ७ दिने च्याउ खेती सम्बन्धि तालिम दिईएको हो ।
स्थानीय दलित महिलाहरुलाई च्याउ खेती सम्बन्धि तालिम दिई आत्मनिर्भर बनाउने उद्देश्यले एक हप्ते तालिम आयोजना गरिएको दलित महिला सँघ डोटीका जिल्ला कार्यक्रम सँयोजक शँकर बिकले जानकारी दिनु भयो ।
दलित महिला सँघ (फेडो) डोटी द्वारा दिपायल सिलगढी नगरपालिकाका वडा नं १ देखि ९ सम्मका गठन गरिएका दलित महिला समुहबाट छनौट गरिएका २५ जना महिलाहरुको सहभागिता रहेको उक्त तालिममा प्रशिक्षक ममता गुरुङले च्याउ खेती सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।
बुधबार आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय राजपुर, डोटीका वरिष्ठ उद्यम विकास सहजकर्ता चन्द्रसिं धामीले स्थानीय बजारमा च्याउको माग अत्यधिक रहेकाले व्यवसायिक रुपमा च्याउ खेती गर्न सके महिलाहरु आत्मनिर्भर बन्न सक्ने बिचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा बा्ेल्दै दलित महिला सँघ डोटीका अध्यक्ष सरिता दियालीले सहभागिहरुलाई ब्यवसायिक रुपमा च्याउ खेती गर्न आग्रह गर्दै फेडोले व्यवसायिक रुपमा च्याउ खेती गर्ने महिलाहरुलाई आगामी दिनमा थप तालिम दिने बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.