कबिराम डाँगी, जोरायल
नेपाली काँग्रेसले कोभिड संक्रमण नियन्त्रण गर्न जोरायल गाउँपालिका डोटीको ध्यानाकर्षण गराएको छ । सोपार्टीले जोरायल गाउपालिकालाई ८ बुदे ज्ञापन पत्र समेत बुझाएको छ । मंगलबार नेपाली काँग्रेस डोटीको प्रदेश ‘ख’ कार्यसमितिका उपसभापति किरण मल्लको नेतृत्वको टोलीले जोरायल गाउपालिका कार्यकारी अधिकृत नरेन्द्रसिंह ठगुन्ना र कार्यबहाक अध्यक्ष केशब नेपालीलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।
सोपार्टीले पेश गरेको ज्ञापन पत्रमा गाँउपालिका क्षेत्रमा कोरोनाको संक्रमण रोक्न स्वास्थ्य सुरक्षाको मापदण्ड पुर्णरुपमा पालना गराउने, प्रत्यक नागरिकलाई वडामै खोपको व्यबस्था मिलाउनु पर्ने, बिदेशबाट पर्केका तथा संक्रमित जनताका लागि सुबिधा सम्पन्न अस्थाई आईसोलेसन बनाउनुपर्ने, प्रत्येक वडाका स्वास्थ्य चौकीमा आबश्यक स्वास्थ्य सामग्री पठाउनुपर्ने, गाँउ टोलमा नयाँ भेरीयन्ट रोक्न स्वास्थ्यकर्मी पठाई जनचेताना मुलक कार्यक्रम चलाउनुपर्ने, खटिएका स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार सेवा सुविधा दिनुपर्ने, संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा दिनुपर्ने, संक्रमतिहरुलाई पिसिआर र एन्टिजेन परिक्षणको मात्रा बढाई आईसुलेट गरी क्वारेन्टाईन बसाउने लगायतका माग रहेका छन ।
ज्ञापन पत्र ग्रहण गर्दै कार्यबहाक अध्यक्ष नेपालीले सबैपक्षसँग समन्वय गर्दै कारोना फैलिन नदिन गाउँपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।
जोरायल गाँउपालिकालाई कोभिड संक्रमण नियन्त्रणका लागि समयमा गम्भीर हुन, जिम्मेवार बनाउनको लागि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको उपसभापति किरण मल्लले जानकारी दिए ।