घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
नेकपा(एमाले)का तत्कालिन महासचिब स्व. मदनकुमार भण्डारीको ७२ औं जन्म जयन्ती डोटीमा बिबिध कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
मदन भण्डारी फाउण्डेशन डोटीको आयोजनामा बिहिबार सिलगढीमा आयोजना गरिएको बिचार गोष्ठिमा बोल्ने बिभिन्न बक्ताहरुले स्व.मदन भण्डारीको ब्यक्तित्व तथा नेपाली राजनीतिमा पुर्याउनु भएको योगदानको वारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा(एमाले) पोलिटब्युरो सदस्य तथा डोटी जिल्ला ईन्चार्ज लिला भण्डारीले जननेता मदन भण्डारीको ब्यक्तित्व बारे चर्चा गर्नु हुँदै सिद्धान्तका लागि जीवन होईन, जीवनका लागि सिद्धान्त हुनु पर्दछ भन्ने जननेता भण्डारीको बिचारलाई सबैले आत्मसात गर्नु पर्ने बताउनु भयो ।
मदन भण्डारी फाउण्डेशन डोटीका अध्यक्ष लक्ष्मण मलासीको अध्यक्षता तथा दानबहादुर साउँदको सन्चालनमा सम्पन्न उक्त बिचार गोष्ठिमा प्रदेशक कमिटी सदस्य नारद मलासी, कार्यबहाक जिल्ला अध्यक्ष मन्जु मलासी, जिल्ला सचिब शेरबहादुर मल्ल लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
यसैगरि मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा बिहिबार डोटी जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।
उक्त अवसरमा पत्रकार रामहरि ओझाले एक सुत्केरी महिलाका लागि रक्तदान गरेका थिए । जिल्ला अस्पताल सिलगढीको प्रसुती कक्षमा रहेकी सायल गाउँपालिका वडा १ छपालीकी कल्पना पुजारालाई आबश्यक भएपछि पत्रकार ओझाले ‘एबि पोजेटिभ’ एक पिन्ट रक्तदान गरेका थिए ।