जन्म दिनको अवसरमा पचास जना बिपन्न परिवारलाई खाद्यान्न सहयोग

घण्टेश्वर अनलाईन

सिलगढी

डोटी गैरागाउँका समाजसेवी भक्तराज जोशीले आफ्नो जन्म दिनको अवसरमा सायल गाउँ पालिकाका ५० जना विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । सायल गाउँ पालिका वडा नं. ६ का स्थानीय विपन्न परिवारलाई प्रति परिवार १ बोरा चामल, ३ किलो दाल र १ लिटर तेल बितरण गरेका जोशीले बताए ।
मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष समेत रहेका जोशीले जन्म दिनकै अवसर पारी मँगलबार दिपायल स्थित सरस्वती आधारभूत बिद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुका साथै फर्निचर खरिदको लागि ५५ हजार ५ सय ५५ नगद हस्तान्तरण गरेका थिए ।
जन्म दिनको अवसरमा आयोजना गरिएको छुट्टै कार्यक्रममा समाजसेवी जोशीले जन्मदिन मनाउन बिभिन्न होटलमा गरिने अनाबश्यक खर्च भन्दा मानविय सेवामा गरिने खर्च राम्रो हुने धारणा व्यक्त गर्नु भयो ।

 

Leave A Reply

Your email address will not be published.