घण्टेश्वर अनलाईन
सिलगढी
सुदूरपश्चिमको ऐतिहासिक बजार डोटीको सिलगढीमा एक घर दुई गमला अभियान शुरु गरिएको छ । डोटीको जिल्ला सदरमुकाम समेत रहेको ऐतिहासिक बजार सिलगढीलाई हरियाली बनाउन तथा थप सुन्दर बनाउन दिपायल सिलगढी नगर पालिका वडा नं. ६ ले उक्त अभियान शुरु गरेको हो ।
हाम्रो वजार हामी सफा र सुन्दर बनाउँछौं, “सुन्दर सिलगढी हाम्रो शान, फुलको गमला अतिथी सम्मान” भन्ने नाराका साथ वडा नं. ६ को बजार क्षेमा ७ सय ५० प्लाष्टिक गमला बितरण गरिएकोे वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले बताउनु भयो ।
बजार क्षेत्रमा हामीले प्रति परिवार २ वटा प्लाष्टिक गमला बितरण गरेका छौं । सम्बन्धित घरले माटो र फुल आफै रोप्ने र सँरक्षण गर्नु पर्ने वडा नं. ६ को कार्यालयले जनाएको छ ।
सुदूरपश्चिमको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक दृष्टिकोणबाट महत्व राख्ने सिलगढी बजार पछिल्लो समय सुनसान बन्दै जान थालेको छ ।
आगामी दिनमा हाम्रो सिलगढी हामी बनाउछौं भन्ने अभियानका साथ जन सहभागितामा बिभिन्न कार्यक्रम सन्चालन गरिने वडा अध्यक्ष मलासीले भने ।