घण्टेश्वर अनलाईन
सानागाउँ, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिकाले पूर्वीचौकी गाउँपालिकाका भुकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराएको छ । बोगटान फुड्सिल गाउँ पालिकाले पूर्बीचौकी गाउँ पालिकाका भुकम्प पीडितहरुको लागि २ लाख ५० हजार सहयोग रकम उपलब्ध गराएको हो ।
बोगटान फुड्सिल गाउँ पालिकाा अध्यक्ष कमलबहादुर गड्सिलाले बिहिबार पूर्बीचौकी गाउँ पालिकामा गएर उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।
पूर्बीचौकी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण गर्दै बोगटान फुड्सिल गाउँ पालिकाका अध्यक्ष कमल गड्सिलाले पूर्बीचौकी गाउँ पालिकाका भुकम्प पीडितका लागि थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।
पूर्बीचौकी गाउँ पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले सहयोगको लागि बोगटान फुड्सिल गाउँ पालिकालाई धन्यबाद दिदै विपदको अवस्थामा स्थानीय तह बीचमा सहकार्य गर्नु पर्ने बताउनु भयो ।
पूर्बीचौकीका भुकम्प पीडितहरुका लागि धेरै ठाउँबाट सहयोगको आश्वासन आएपनि प्रतिबद्धता अनुसारको सहयोग नभएको गुनासो गर्नु भयो । पूर्बीचौकी गाउँ पालिकाका भुकम्प पीडितहरु कष्टकर जिवन बिताई रहेका छन । सहयोगको खाँचो रहेको उपाध्यायले बताउनु भयो ।
अध्यक्ष उपाध्यायका अनुसार २०७९ कार्तिक २२ गतेको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका– ३ ठाडागाउँमा ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । सोही गाउँका ३५ घर भत्किएका थिए । गाउँपालिकाभित्रका १ हजार ९२० घरमा क्षति पुगेको पूर्बीचौकी गाउँ पालिकाले जनाएको छ ।