तेज डुमरेल
महेन्द्रनगर
सामाजिक बिकास मन्त्रालय धनगढी कैलालीले सुदूरपश्चिम प्रदेशका ३२ जना सामाजिक अभियन्ताहरुलाई कन्चनपुर जिल्लाको महेन्द्रनगरमा जेष्ठ नागरिक स्याहारकर्ता सम्बन्धि तालिम दिएको छ ।
सामाजिक क्षेत्रमा कार्यरत सामाजिक अभियन्ताहरुलाई जेष्ठ नागरिक स्याहारकर्ता सम्बन्धि आधारभूत जानकारी दिने उद्देश्यले उक्त तालिम आयोजना गरिएको हो । उक्त तालिममा सामाजिक अभियन्ताहरुलाई जेष्ठ नागरिक स्याहार सम्बन्धि आधारभूत जानकारी, जेष्ठ नागरिक सम्बन्धि बनेका ऐन कानूनको वारेमा जानकारी दिईएको थियो ।
सामाजिक बिकास मन्त्रालया अनुसार असार १९ गते सुदूरपश्चिममा जेष्ठ नागरिकको अवस्था र भईरहेका प्रयासको वारेमा अन्तरकृया गरिएको थियो भने २१ ,२१ र २२ गते तालिम दिईएको थियो ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट सामाजिक अभियन्ताहरु, मानव सेवा आश्रममा कार्यरत अभियन्ताहरु ग्रि ३२ जनाको सहभागिता रहेको उक्त तालिम तथा अन्तरकृया कार्यक्रममा एजिङ नेपालका प्रशिक्षक संन्जु थापा तथा अधिवक्ता डम्बरबहादुर रोकायले सहजिकरण गर्नु भएको सामाजिक विकास मन्त्रालयका कार्यक्रम अधिकृत जयन्ती गिरीले बताउनुभयो ।