कलाकार लक्ष्मण बोगटीको डेउडा गीत “मायाको सँसार” को म्युजिक भिडियो युटुव मार्फत सार्बजनिक

घण्टेश्वर अनलाईन
दिपायल
सुदूरपश्चिमका चर्चित तथा बरिष्ठ कलाकार लक्ष्मण बोगटीको डेउडा गीत मायाको सँसारको म्युजिक भिडियो युटुव मार्फत सार्बजनिक भएको छ ।
चर्चित कलाकार लक्ष्मण बोगटीको शब्द रचना रहेको डेउडा गीत मायाको सँसारमा कलाकार बोगटी तथा चर्चित कलाकार पूर्णकला बि.सिको स्वर रहेको छ । यसैगरि सो गीतमा निर्माण गरिएको म्युजिक भिडियोमा कलाकार लक्ष्मण बोगटी, मोडेल झरना बोहरा, ध्रुव सिंह, शेर साउँद, सरस्वती, उर्मिला र राजनले मोडेलको भूमिका खेल्नु भएको छ ।
समाजको परिबेश अनुसार गीत रचना गर्दै आएका कलाकार बोगटीले डेउडा गीत मायाको सँसारमा रोजगारीको लागि मुग्लान जानेहरुको घरपरिवारको पीडालाई उजागर गर्नु भएको छ । डेउडा गीत मायाको सँसार युटुब मार्फत सार्बजनिक भएको २४ घण्टाको अबधिमा करिब १८ हजारले युटुव मार्फत हेरेका छन ।
म सुदूरपश्चिमलाई माया गर्ने कलाकार हुँ । म सुदूरपश्चिमेली समुदायको दुःख पीडाहरुलाई उजागर गर्दै सन्देशमूलक गीत रचना गर्दै आएको छु । सदा झै डेउडा गीत मायाको सँसारलाई श्रोता, दर्शकहरुबाट अपार माया पाउने कुरामा बिश्वस्त छु, बोगटीले भने ।

 

Leave A Reply

Your email address will not be published.