एसईई परीक्षाको नतिजा सार्बजनिक ः जिल्ला स्तरमा अर्जुन कठायत र प्रेरणा ओली सर्बोकृष्ट बिद्यार्थी बने

घण्टेश्वर अनलाईन
सिलगढी
बिहिबार सार्बजनिक भएको एसईई परीक्षामा डोटीको सिताराम माबिका छात्र अर्जुन कठायतले डोटी जिल्ला स्तरमा सर्बोत्कृष्ट अँक ल्याएका छन ।
शिखर नगरपालिका वडा नं. ९ उच्चाकोट स्थित सिताराम माबिका छात्र कठायतले ३.९० जीपीए ल्याएको शिक्षा बिकास तथा समन्वय ईकाई डोटीले जनाएको छ ।
यसैगरि पद्म पब्लिक मुक्तिनारायण माद्यमिक बिद्यालय सिलगढीका छात्रा प्रेरणा ओलीले ३.७५ जीपीए ल्याएर जिल्ला स्तरमा सर्बोत्कृष्ट छात्रा बनेकी छिन । जोरायल गाउँ पालिका वडा नं. ३ निवासी प्रेरणा सिलगढी स्थित पद्म पब्लिक मुक्तिनारायण बिद्यालयमा अध्ययनरत छात्रा हुन ।

Leave A Reply

Your email address will not be published.