उत्कृष्ट काम गर्ने दिपायल सिलगढीका कर्मचारी तथा उपभोक्ता समिति सम्मानित

घण्टेश्वर अनलाईन
सिलगढी
दिपायल सिलगढी नगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी तथा उपभोक्ता समितिलाई शुक्रबार सम्मान गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाको १४ औं नगर सभाको शुक्रबार आयोजना गरिएको तेश्रो बैठकमा नगर प्रमुख बाजिसिंह खड्काले उत्कृष्ट काम गर्ने कर्मचारी तथा उपभोक्ता समितिका प्रतिनिधिलाई दोसल्ला तथा कदर पत्रले सम्मान गर्नु भएको थियो ।
दिपायल सिलगढी नगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति लक्ष्मीराज ओझाले दिनु भएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिकाद्वारा सम्मान गरिएका कर्मचारीहरुमा शिक्षा तथा खेलकुद शाखाका प्राबिधिक सहायक चक्रबहादुर कुन्जेडा, खेलकुद सँयोजक अनिल जोशी, शिक्षकहरु नवराज साउँद, प्रकाश कठायत, हरिप्रसाद पनेरु, पुस्कर साउँद, भुवनेश्वरी जोशी, शारदा सिंह, शान्ति बम(मल्ल) रहेका छन ।
यसै गरि नगपालिकाले उत्कृष्ट काम गर्ने स्वास्थ्य शाखा लगायत बिभिन्न शाखाका कर्मचारीहरु तथा तोकिएको समयमा कार्य सम्पन्न गर्ने उपभोक्ता समितिका प्रतिनिधिहरुलाई पनि सम्मान गरेको थियो ।
शुक्रबार सम्पन्न १४ औं नगर सभा बैठकले आगामी आर्थिक बर्षको लागि असार १० गते पेश गरिएको बजेटको शिर्षक अनुसार छलफल गरि पारित गरिएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.