दिबँगत बुवाको स्मृतिमा बिपन्न परिवारलाई ५० थान कम्बल बितरण

घण्टेश्वर अनलाईन देहिमाण्डौं डोटी
डोटी पश्चिम चौकी क्षेत्रका बरिष्ठ समाजसेवी स्व.शिबराज ओझाको दोश्रो वार्षिक पुण्य तिथीमा आदर्श गाउँपालिका वडा नं. ४ का असायह,विपन्न,गरीव तथा एकल महिलाहरुलाई कम्बल बितरण गरिएकोछ ।
छोराहरु धर्मराज ओझा, मुकेश ओझा, ध्रुबराज ओझा र बसन्तराज ओझाले आफ्ना स्व.बुवा शिबराज ओझाको स्मृतिमा ५० थान कम्बल वितरण गरेका हुन ।
यसैगरि सोहि कार्यक्रममा वडा नं ४ का विपन्न परिवारका ३ जना बालबालिकालाई ३ हजारका दरले छात्रबृत्ति समेत बितरण गरिएको स्थानीय टँक ओझा हिन्नेकाँडीले बताउनु भयो ।
आदर्श गाउँपालिका वडा नं. ४ हिन्नेकाँडा निवासी स्व. शिबराज ओझा डोटी पश्चिम चौकी क्षेत्रकै बरिष्ठ समाजसेवी, शिक्षा प्रेमी, स्थानीय प्रभात माबि देहिमाण्डौंका सँस्थापक हुन ।

Leave A Reply

Your email address will not be published.