Prem

छतिवनको कफकट्टेश्वर आबिले बुक फ्रि शुक्रबार शुरु गर्ने

घण्टेश्वर अनलाईन
बुडर डोटी
जोरायल गाउँ पालिका वडा नं. २ स्थित कफलकट्टेश्वर आधारभूत बिद्यालयले बुक फ्रि शुक्रबार शुरु गर्ने भएको छ ।
बिद्यालयले पाठ्यपुस्तकका अतिरिक्त अन्य बिषयबस्तुमा पनि ज्ञान दिने उद्देश्यले बुक फ्रि शुक्रबार कार्यक्रम शुरु गर्न लागेको बिद्यालयले जनाएको छ । यो काठमाण्डौ महानगरपालिकाले शुरु गरेको बुक फ्रि शुक्रबार कार्यक्रम निकै प्रभावकारी देखिएको छ । काठमाण्डौं महानगरपालिकाले शुरु गरेको बुक फ्रि शुक्रबार कार्यक्रमलाई हाम्रो परिबेशमा उपयुक्त हुने गरि केही अँश शुरु गर्न लागिएको बिद्यालयका शिक्षक छत्र साउँद(गोर्खाली) ले जानकारी दिनु भयो ।
शिक्षक साउँदका अनुसार हरेक शुक्रबार बिद्यालयमा पुस्तक बिना पठनपाठन हुने छ । शुक्रबार बिद्यार्थीहरुको आबश्यकता र रुची अनुसारको बिषयमा शिक्षण पठनपाठन गरिने छ । बिद्यार्थीहरुको प्रतिभाहरुलाई बाहिर ल्याउन बिभिन्न अतिरिक्त कृयाकलाप पनि गरिने छ ।
जोरायल गाउँ पालिकामा पहिलो पटक अभ्यास गर्न लागिएको बुक फ्रि शुक्रबारको लागि जोरायल गाउँ पालिका शिक्षा शाखाले पनि सकारात्मक रुपमा लिएको बिद्यालयले जनाएको छ ।
कफलकट्टेश्वर आधारभूत बिद्यालयमा शुरु हुन लागेको बुक फ्रि शुक्रबारको शुक्रबार जोरायल गाउँ पालिका वडा नं. २ का वडा अध्यक्ष बीरबहादुर दर्लामीले शुभारम्भ गर्नु भयो । उक्त अवसरमा वडा सदस्य मिना बिकको परि उपस्थिती रहेको थियो । उक्त अवसरमा वडाअध्यक्ष दर्लामी तथा सदस्य मिना बिकले बुक फ्रि शुक्रबार कार्यक्रमको अवलोकन पनि गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.