डोटीमा घर भत्किदा एक महिलाको मृत्यु

घण्टेश्वर अनलाईन
सिलगढी
राती सुतिरहेको अवस्थामा घर भत्किदा च्यापिएर डोटीमा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगर पालिका वडा नं. ५ गैरा निवासी शँकर मलासीकी पत्नी ३० बर्षिय गँगा मलासीको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार शनिवार राती सुतिरहेको अवस्थामा घरको सुत्ने बल्लीहरु भाँच्चिन गई घर भत्किएको थियो । घर भत्किएर मानिस च्यापिएको जानकारी प्राप्त भएपछि बिहान ३ः३५ बजे प्रहरी नायब निरिक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको प्रहरी टोली घट्ना स्थलमा उद्दारको लागि खटिएको थियो ।
स्थानीय बासिन्दाहरुको सहयोगमा प्रहरीले बिहान ५ः१० बजे शँकर मलासीकी पत्नी गँगा मलासीको शब मृत्यु अवस्थामा उद्धार गरिएको प्रहरी बुलेटिनमा उल्लेख छ । घटनाको आवश्यक अनुसन्धानको लागि प्रहरी निरिक्षक लक्ष्मीराज जोशीको कमान्डमा ६ जनाको टोली खटिएको जिल्ला पैहरी कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.