कबिराम डाँगी, घण्टेश्वर
जोरायल गाउँपालिका वडा नंं १ स्थित वरपिपल बचत तथा ऋण सहकारीसँस्था लिमिटेडले आज आफ्नो सँस्थाको १४औं वार्षिक साधारण सभा मणिपूरमा सम्पन्न गरेको छ ।
सो साधारण सभामा सँस्थाको नीति तथा कार्यक्रम अध्यक्ष गमबहादुर खत्री, लेखा परिक्षणप्रतिबेदन सचिब मोहनबहादुर मल्ल, लेखा सुपरिबेक्षण प्रतिबेदन तिला बोगटी मल्लले प्रस्तुत गर्नु भएको थियो ।
सो सहकारी सँस्थाका अध्यक्ष गमबहादुर खत्रीको अध्यक्षता तथा फिल्ड सहायक बिरेन्द्र पातलीको सन्चालनमा सम्पन्न साधारण सभामा बोल्दै जोरायल गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भजनसिं मल्लले वडा भित्रका सबै सहकारी सँस्थाहरु एकीकरण गरि एउटै बलियो सहकारी बनाउन सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा ली वर्ड नेपालका बरिष्ठ कृषि प्राबिधिक सहायक लक्ष्मण दनुवार तथा भोजबहादुर मल्ल, सोवानसिंह ओली, योगेन्द्र मल्ल लगायतका बक्ताहरुले साधारण सभाको शुभ कामना दिदै एकिकृत सहकारी सँस्थाको आबश्यकता माथी जोड दिनुभएको थियो ।
सो सहकारी सँस्थाले बिभिन्न नीति तथा कार्यक्रम,आर्थिक प्रतिबेदन पारित गर्नुका साथै वडा भित्रका सहकारी सँस्थाहरु एकिकरण गर्न अन्य सहकारी सँस्थाहरुसँग वार्ता तथा सम्बाद गर्ने निर्णय गरेको अध्यक्ष गमबहादुर खत्रीले जानकारी दिनु भयो ।