बिद्यालयमा शुद्ध पिउने पानी व्यवस्थाका लागि जोरायलमा सहयोग अभियान शुरु

घण्टेश्वर अनलाईन
जोरायल
जोरायल गाउँ पालिका वडा नं. ३ स्थित शिबपुर माबि चनकट्टेमा शुद्ध पिउने पानी व्यवस्थाका लागि समुदायको अग्रसरतामा बिशेष सहयोग अभियान शुरु गरिएको छ ।
बिद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नहुँदा बिद्यार्थीहरुले नदीको पिउनु पर्ने बाध्यता रहेपछि समुदायले उक्त अभियान थालेका हुन ।
कुन २ सय ५१ बिद्यार्थीहरु रहेको शिबपुर माबि चनकट्टेमा सबै बिद्यार्थीहरुको पहुँचमा रहने गरि १ हजार लिटर क्षमताको २ वटा शुद्ध पिउने पानी स्टेशन बनाउने लक्ष रहेको बिद्यालयका प्रधानाध्यापक पदमराज उपाध्यायले जानकारी दिनु भयो ।
प्रधानाध्यापक उपाध्यायका अनुसार बिद्यालयमा पिउने पानी व्यवस्थाको लागि शुरु गरिएको यो अभियानले बिद्यालय प्रति समुदायको अपनत्व बढ्ने छ । सहयोग अभियानको लागि अभिभावकहरु, शिक्षक कर्मचारी, पूर्ब बिद्यार्थीहरुबाट स्वेच्छिक रुपमा सहयोग सँकलन भईरहेको छ । एक हप्ताको अबधिमा १ लाख बढी रकम सँकलन भईसकेको छ । सानो सहयोगको लागि पनि सरकारको भर पर्नुपर्ने परिपाटीलाई अन्त्य गर्न समुदायको सकृयतामा यो अभियान थालिएको शिबपुर माबिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.