घण्टेश्वर अनलाईन
सिलगढी, डोटी
बि.सं. २०७९ को एसईई परीक्षामा उत्कृष्ट अँक ल्याउने एनसिसि तथा नेपाली सेनाका वालवालिकालाई बुधबार डोटीको सिलगढीमा सम्मानित गरिएको छ । नेपाली सेनाको भैरव प्रसार गण सिलगढीले बहालवाला तथा भूतपूर्ब नेपाली सेनाका ८ जना बिद्यार्थीलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
एनसिसि बिद्यार्थीका साथै बहालवाला तथा भूतपूर्ब सेनाका वालवाालिकाहरुलाई अध्ययनको लागि प्रोत्साहित गर्ने उद्देश्यले सम्मानित गरिएको नेपाली सेनाको सिलगढी स्थित भैरव प्रसाद गणका गणपति जनमत कार्कीले बताउनु भयो ।
सम्मानित हुनेहरुमा एन सि सि बिद्यार्थीहरु सुजंग बोर्डिङ स्कुलकी छात्रा दिया बोगटी (३.७५ जीपीए), सुजंग बोर्डिङ स्कुलकै छात्र आशिष खड्का (३.८० जीपीए ), पद्म पब्लिक मुक्तिनारायण माबिका छात्रा कल्पना साउद (३.०५ जीपीए ) र उत्तम बडैला (२.७० जीपीए ) रहेका छन ।
त्यसै गरि बहालवाला सैनिक परिवारबाट पद्म पब्लिक मुक्तिनारायण माबिका छात्र अशोक बोहरा (३.१५ जीपीए ), पबित्र आवासीय माबि सिलगढीकी छात्रा प्रतिभा कठायत (२.९५ जीपीए ), लक्ष्मी माद्यमिक बिद्यालय काँडीकी छात्रा पुष्पा रोकाया (२.३५ जिपिए), पद्म पब्लिक मुक्तिनारायण माबिका छात्र प्रवेश नायक (३.२६ जिपिए) लाई सम्मान स्वरुप कदर पत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अशोक बराल लगायत विभिन्न बिद्यालयका बिद्यार्थी, शिक्षक, अभिभावक, पत्रकारहरुको उपस्थिति रहेको थियो ।