डोटी बडिकेदार गाउँ पालिकामा चट्याङ लागेर ६६ बर्षिय बृद्धको मृत्यु

घण्टेश्वर अनलाईन
सिलगढी
डोटीको बडिकेदार गाउँपालिका वडा नं. ५ मा बिहिवार चट्याङ लागेर एक ६६ बर्षिय बृद्धको मृत्यु भएको छ ।
अबिरल बर्षसँगै बिहीबार परेको चट्याङ लागेर बडिकेदार गाउँपालिका वडा नं. ५ दुदिला गाउँ निवासी ६६ बर्षिय हर्कबहादुर बोहराको मृत्यु भएको हो ।
केदारेश्वर आधारभूत बिद्यालय भँवराका शिक्षक तथा मृतकका छिमेकी नरेन्द्रबहादुर बोहराले दिनु भएको जानकारी अनुसार बिहिबार दिउसो २ः३० बजे मृतकको घरसँगै जोडिएको उत्तिसको रुपमा चट्याँङ परेको थियो । चट्याँङबाट घरको ढोकामा रहेका ६६ बर्षिय हर्कबहादुर बोहराको मृत्यु भएको शिक्षक बोहराले जानकारी दिनु भयो । चट्याँङले मृतक बोहराको आँगन समेत धस्सिएको छ भने चट्याँङबाट स्थानीय डम्बरसिंह बोहराको ६ वटा बाख्राहरुको समेत मृत्यु भएको छ ।
चट्याँङले स्थानीय बिद्युत लाईनमा पनि क्षती पुर्याई बिद्युत सेवा अबरुद्ध भएको छ । दर्जनौंका सोलार प्यानेल, टिभि तथा चार्जमा रहेका मोवाईल सेटमा पनि क्षेती पुगेको छ ।

Leave A Reply

Your email address will not be published.