डोटीको सरस्वती माबि रानागाउँका दशजना बिद्यार्थीहरुलाई अध्ययन सामग्री बितरण

घण्टेश्वर अनलाईन
दिपायल
डोटीको रानागाउँ स्थित सरस्वती माध्यमिक विद्यालयका १० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ । हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वेले विपन्न तथा जेहन्दार बिद्यार्थीहरुलाई पठनपाठनका सहयोग पुर्याउने उद्दश्यले उक्त अध्ययन तथा शैक्षिक सामग्री बितरण गरेको हो । बितरण गरिएका सामग्रीहरुमा १ लाख मुल्य बराबरका सामग्रीहरु रहेको सरस्वती माद्यमिक बिद्यालयले जनाएको छ ।
बिद्यार्थीहरुलाई अध्ययन तथा शैक्षिक सामग्री बितरण गर्दै नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष जितेन्द्रबिक्रम शाहीले आफु अध्ययन गरेको बिद्यालयलाई आफु आवद्ध रहेको हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वेबाट सामाग्रि वितरण गर्न पाउदा खुशी महशुस भएको बताउनु भयो । शाहीले हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वे संस्थाले नेपालका विभिन्न विद्यालयमा रहेका जेहेन्दार, बिपन्न बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुर्याउन शैक्षिक सामाग्रि वितरण गर्दै आएको जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक मिनबहादुर राणाले आफुले बिद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउनका लागि बिभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय सँस्थाहरुसँग पहल गर्दै आएको बताउदै हेल्पिङ ह्याण्ड्स फर नेपाल नर्वेबाट प्राप्त सहयोगले बिद्यालयको अध्ययनमा सहयोग पुग्ने बताउनु भयो ।
प्रधानाध्यापक राणाले सहयोगको लागि हेल्पिङ ह्याण्ड्स फर नेपाल नर्वेका अध्यक्ष विनोद बस्याल र विद्यालयका भुतपूर्व विद्यार्थी जितेन्द्रबहादुर शाहीलाई धन्यवाद समेत दिनु भयो ।

Leave A Reply

Your email address will not be published.