घण्टेश्वर अनलाईन
विपिनगर
डोटीको बडिकेदार गाउँपालिकामा शुक्रबार बिहान अटो दुर्घटना हुँदा एकै परिवारका ३ जना घाईते भएका छन ।
प्रहरी चौकी खड्यौलीका अनुसार शुक्रबार बिहान बडिकेदार गाउँपालिका वडा न. ४ काउलेबजार देखि बिपिनगर तर्फ गईरहेको म.प्रं ०३००२ स १७६९ नम्बरको अटो वडा नं. २ को बर्छैन नजिक दुर्घटनाग्रस्त भएको थियो ।
उक्त अटो दुर्घटनामा परि बडीकेदार गाउँपालिका ४ बल्ले जुडी निवासी एकै परिवारका बर्ष २४ का रामबहादुर नेपाली, बर्ष २४ की तुल्छा नेपाली र बर्ष ३ की मुस्कान नेपाली घाईते भएको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भास्कर पन्तले जानकारी दिनु भयो ।
घाइतेहरूलाई सामुदायिक स्वास्थ्य इकाई बर्छैनमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले अटो नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो ः पत्रकार चक्र मल्लको फेसबुकबाट