एसईई परीक्षामा डोटी जिल्ला स्तरबाट सर्बोत्कृष्ट अँक ल्याउने बिद्यार्थी सम्मानित

All time tax

घण्टेश्वर अनलाईन
तलकोट डोटी
बि.सं. २०७९ को एसईई परीक्षामा डोटीबाट सर्बोत्कृष्ट अँक ल्याउने सिताराम माबि उच्चकोटका बिद्यार्थी सम्मानित भएका छन । डोटी जिल्ला स्तरमा सर्बोत्कृष्ट अँक ल्याउने सिताराम माबिका बिद्यार्थी अर्जुन कठायतलाई शिखर नगरपालिकाले सम्मान गरेको हो । शिखर नगरपालिका वडा नं. ९ स्थित सिताराम माबिका बिद्यार्थी अर्जुन कठायतले बि.सं. २०७९ को एसईई परीक्षामा ३.९ जीपीए ल्याएका थिए ।
शिखर नगरपालिकाद्वारा शुक्रबार आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख दीर्घ बलायरले जिल्ला स्तरमा सबोत्कृष्ट स्थान ल्याउने बिद्यार्थी अर्जुन कठायतलाई सम्मान गर्दै आगामी अध्ययनमा सहयोग पुर्याउन नगर पालिकाबाट १ लाख १ हजार रकम उपलब्ध गराउने घोषणा समेत गर्नु भयो ।
नगर प्रमुख बलायरले सिताराम माबिमा अध्ययनरत बिद्यार्थी अर्जुन कठायतले जिल्लामा स्तरमा सर्बोकृष्ट अँक ल्याएर शिखर नगरपालिका र बिद्यालयको नाम उच्च राखेको बताउदै शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न शिक्षामा लगानी गरेर नगरपालिकाले जिल्ला टप गर्ने दर्जनौ अर्जुन कठायतहरु उत्पादन गर्ने बताउनु भयो ।
सो सम्मान कार्यक्रममा राधाकृष्ण मावि गोपघाटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर बलायर कठायतलाई २ हजार ५ सय पुरस्कार प्रदान गरेका थिए । दिपायल सिलगढी नगरपालिका वडा नं. २ पुनेवाटा निवासी अर्जुन कठायत सामान किसानका छोरा हुन । सम्माजन कार्यक्रममा सहभागि अर्जुनका बुवा भोजबहादुर कठायतले आफुले तरकारी बेचेर पढाई खर्च जुटाउदै पढाएको छोराले एसईईमा जिल्ला सत्रमा सर्बोत्कृष्ट अँक ल्याएकोमा खुशी लागेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.