घण्टेश्वर अनलाईन
गोपघाट, डोटी
शिखर नगर पालिका वडा नं. ८ गोपघाट आसपासका बजार बिहिबार गरिएको बजार अनुगमनका क्रममा फेला परेका अखाद्य बस्तुहरु नष्ट गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीका अधिकृत दिपा जोशीको नेतृत्वमा गएको सर्बपक्षिय अनुगमन टोलीले बिभिन्न पसलमा अनुगमन गर्दा फेला परेको करिब १७ हजार बराबरको अखाद्य बस्तुहरु जफत गरि नष्ट गरेको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु सुजी, भुजा, पेय पदार्थ, चिप्स, मसला एबं लेबल नभएका सामग्रीहरू फेला परेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । शुरुमा अनुगमन टोलीले अखाद्य वस्तुहरू बिक्री वितरण नगन, पसल, फर्म, काँटाको दर्ता, नविकरण समयमै गर्न सचेत गराईएको र फेरी भेटिएमा जरिवाना सहित कारबाही गरिने जानकारी गराईएको अधिकृत जोशीले बताउनु भयो ।
उक्त अनुगमन टोलीमा शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल, घरेलु कार्यालय, नाप तौल तथा गुणस्तर कार्यालय, कर कार्यालय, पत्रकार महासंघ, नेपाल प्रहरी लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।