डोटीको कफलेकी क्षेत्रमा बौलाहा कुकुरको आतँक

घण्टेश्वर अनलाईन
कफलेकी
डोटीको शिखर नगरपालिका वडा नंं १ का बिभिन्न स्थानमा बौलाहा कुकुरले आतँक मच्चाएको छ । वडा नंं १ का वडा अध्यक्ष दिपक बोगटीका अनुसार बौलाहा कुकुरले शुक्रबार एकै दिन ५ जनालाई टोकेको छ ।
शुक्रबार बेलुकी मात्रै वडा नं. १ का २८ वर्षिय मिना महरा, ३९ बर्षिय सिता भुल र १० बर्षिय आदेश विकलाई टोकेको छ । यस अघि शुक्रबार बिहान २ जनालाई टोकेको वडा अध्यक्ष बोगटीले बताउनु भयो ।
बौलाह कुकुरले टोकेर घाईते भएका सबै जना जिल्ला अस्पताल डोटीमा उपचार पछि घर फर्कि सकेका छन । बौलाहा कुकुर नियन्त्रणमा नआईसकेकाले स्थानीय बासिन्दाहरु आतँकित बनेका छन ।
बौलाहा कुकुरको आक्रमणबाट बच्न वडा कार्यालयको तर्फबाट बिभिन्न गाउँ बस्तीमा माईकिङ गरिएको वडा अध्यक्ष बोगटीले जानकारी दिनु भयो । बौलाह कुकुर नियन्त्रणका लागि डिभिजन वन कार्यालय डोटी तथा प्रहरी प्रशासनसँग समन्वय भईरहेको वडा कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.