आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा बृक्षारोपण

All time tax

घण्टेश्वर अनलाईन
दिपायल
आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्तीको अवसर पारि डोटीको मगलेक तिखा डोटीमा शुक्रबार बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्दै बृक्षारोपण गरिएको बिद्यालयले जनाएको छ ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा मगलेक माद्यमिक बिद्यालय तिखाको हातामा आँप ,लिची ,अम्बा ,कटहर अनार ,अमिलो ,कागती , एवोगाडो र सुन्तला लगायत बिभिन्न जातका करिब ५ सय ओटा बिरुवा रोएिको प्रधानाध्यापक भोजराज ओझाले जानकारी दिनु भयो ।
उक्त बृक्षारोपण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर खड्का लगायत शिक्षक तथा बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बृक्षारोपण कार्यक्रम पश्चात आयोजना गरिएको कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको वारेमा चर्चा गरिएको थियो ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आचार्यले ‘अध्यात्मरामायण’ को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको बीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’,‘रामगीता’ लगायत दर्जनौं साहित्यिक कृति प्रकाशित छन् ।

Leave A Reply

Your email address will not be published.