घण्टेश्वर अनलाईन
सिलगढी
राष्ट्रिय स्वतन्त्र पार्टीले डोटी जिल्लामा जति भोट उति बोट अभियान शुरु गरेको छ । गत प्रतिनिधि सभा निर्बाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेका भोट बरावर जिल्लाका बिभिन्न स्थानका सार्बजनिक क्षेत्रमा बृक्षारोपण गर्न लागिएको जिल्ला अध्यक्ष केशब बलायरले जानकारी दिनु भयो ।
अध्यक्ष बलायरका अनुसार हामीले पाएको मत बराबार एक महिना भित्र २ हजार बिरुवा बृक्षारोपण गरिने छ । सोही अभियान अन्तरगत डोटीको शिखर नगपालिका क्षेत्रका राधाकृष्ण मावि गोपघाट र शारदा आधारभूत विद्यालयमा करिब ८० वटा बोट बृक्षारोपण गरिएको छ ।
सो पार्टीले जति भोट, उति बोट अभियान अन्तरगत सदस्यता बितरण, सँगठन निर्माणको कामलाई पनि तिब्रता दिएको जनाएको छ ।