सरकारी सवारी साधनको दुरुपयोग रोक्न डोटीका बिद्यार्थी सँगठनद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण

घण्टेश्वर अनलाईन
सिलगढी
जिल्लामा सुशासन कायम राख्न डोटीमा कृयाशिल पाँच बिद्यार्थी सँगठनले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन ।
जिल्लामा पछिल्लो समय नीतिगत भ्रष्टाचार बढेको, जिल्लाका बिभिन्न स्थानीय तह तथा अन्य सरकारी कार्यालयका सवारी साधनहरु दुरुपयोग गर्ने बढिरहेको भन्दै डोटीका बिद्यार्थी सँगठन हरुले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको ध्यानाकर्षण गराएका हुन ।
बिद्यार्थी सँगठनहरुले शुक्रबार सँयुक्त ज्ञापन पत्र बुझाउदै जिल्लाका बिभिन्न स्थानीय तहमा भईरहेको नीतिगत भ्रष्टाचार तथा अन्य अनियमितताको बारेमा छानबिन गरि कारवाही गर्नु पर्ने, सार्बजनिक बिदा तथा कार्यालय समय बाहिर बिना पास सन्चालनमा आउने सरकारी सवारी साधनलाई नियन्त्रण गरि कारवाही गर्न माग गरेका छन ।
जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्नु प्रमुख जिल्ला अधिकारीको दायित्व रहेका बताउदै बिद्याथई सँगठनहरुले आफुले पेश गरेका मागहरु सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने समेत बिद्यार्थी सँगठनहरुले चेतवानी दिएका छन ।
बिद्यार्थी सँगठनहरुले पेश गरेको ज्ञापन पत्र बुझ्दै डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बिद्यार्थी सँगठनहरुले ज्ञापन पत्र मार्फत पेश गरेका बिषयहरु सार्बजनिक सरोकारको विषय भएकाले आफ्नो ध्यानाकर्षण भएको प्रतिकृया दिएका नेपाल बिद्यार्थी सँघ डोटीका जिल्ला अध्यक्ष दिपेन्द्रबहादुर सिंहले बताउनु भयो ।