डोटीमा शिक्षक सँगठनका ६ जना शिक्षक नेताहरु सम्मानित

कबिराम डाँगी
बुडर, डोटी
डोटीमा शिक्षक सँगठनका नेताहरु मँगलबार जोरायलको बुडरमा आयोजना गरिएको एक कार्यक्रमका बीच सम्मानित भएका छन । नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीले सँगठनको १६ औं जिल्ला परिषद बैठकको अवसरमा आफ्नो सँगठनका पूर्ब तथा बर्तमान नेताहरुलाई सम्मान गरेको हो । डोटीमा सँगठन निर्माण, सँस्थागत बिकास तथा शिक्षक आन्दोलनमा उल्लेखनिय भूमिका निर्बाह गरेको भन्दै सम्मान गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीका अभ्यक्ष पद्मराज उपाध्यायले बताउनु भयो ।
सम्मानित हुने शिक्षक सँगठनका नेताहरुमा क्रमस ः नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीका पूर्वअध्यक्ष ताराप्रसाद भट्ट, पूर्ब अध्यक्ष गणेशबहादुर कठायत, संगठनका केन्द्रीय समिति सचिवालय सदस्य भागिरथी धामी(खड्का), संगठनका पूर्व सचिव नरेन्द्रराज शर्मा, घण्टेश्वर माध्यमिक विद्यालय जोरायलका पूर्व प्रधानाध्यापक (हाल निबृत्त) सुनलाल थापा, वीरेन्द्र माध्यमिक विद्यालय घाङलका पूर्व प्रधानाध्यापक (निबृत्त शिक्षक) नन्दराम बुढामगर लगायतका व्यक्तिहरू रहेका छन ।


यसैगरि संगठनको गतिविधि उत्कृष्ट रुपमा सञ्चालन गरेकोमा जोरायल गाउँपालिकाका नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मिनबहादुर रोकायालाई पनि जिल्ला परिषद बैठकमा सम्मान पत्र प्रदान गरिएको सँगठनले जनाएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन डोटीका अध्यक्ष पद्मराज उपाध्यायको अध्यक्षतामा सम्पन्न १६ औं जिल्ला परिषद बैठकको उद्घाटन गर्दै नेकपा(एमाले) डोटीका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले नेपालको राजनैतिक परिबर्तन तथा शैक्षिक आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक सँगठनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो ।
एमाले नेता मल्लले नेपाल राष्ट्रिय शिक्षक संगठनले निर्माण गरेको जगमा टेकेर नेकपा(एमाले) नेपालको प्रमुख राजनैतिक शक्ति भएको बताउदै शिक्षक सँगठनका साथीहरुले सँगठनलाई बलियो र सुदृढ बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।
यसैगरि जिल्ला परिषद बैठकमा बोल्दै जोरायल गाउपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले आफुपनि पूर्ब शिक्षक भएको बताउदै शिक्षकहरुका समस्याहरु प्रति आफु जानकार रहेको बताउनु भयो ।
शिक्षकहरुले शिक्षाको गुणस्तर सुधारको लागि सहयोग गर्नु पर्ने बताउदै गाउँपालिका अध्यक्ष ओझाले शिक्षकका समस्याहरु समाधानका लागि सन्दर्भमा गाउँपालिका सकारात्मक रहेको धारणा ब्यक्त गर्नु भयो ।


उक्त जिल्ला परिषदमा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य भागरथी धामी (खडका) सँगठनका सँस्थापक डोटी जिल्ला अध्यक्ष ताराप्रसाद भट्ट, जोरायल गाउँ पालिका वार्ड न.ं२ का वडा अध्यक्ष बिरबहादुर दर्लामी लगायतका बक्ताहरुले बोल्नु भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक सँगठनको १६ औं जिल्ला परिषदमा संगठनको गतिविधिको बारेमा समिक्षा गर्नुका साथै साँगठनिक तथा आर्थिक प्रतिवेदन छलफल सहित पारित गरिएको सँगठनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.