गणेश मौनी
मौवा, डोटी
बाल बालिकाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धि तथा बालबिवाह न्यूनिकरणमा सचेतना अभिबृद्धि गर्न डोटीको आदर्श गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।
समान पहुँच बिकास केन्द्र (सिड नेपाल) डोटीद्वारा आयोजना गरिएको उक्त प्रतियोगितामा आदर्श गाउँ पालिकाका बिभिन्न वडामा रहेका बाल क्लबहरुबाट ४५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगिता अन्तरगत छात्र तर्फ वडा नम्बर १ का सन्तोष नेपाली प्रथम, वडा नम्बर ३ का प्रेम पाठक दोश्रो, वडा नम्बर ३ का नबिन बिक तेश्रो र वडा नम्बर २ का मोहन ओझाले सान्त्वना स्थान प्राप्त गरेका थिए ।
यसैगरि छात्रा तर्फ वडा नम्बर ४ की महेश्वरी पाठक प्रथम, वडा नम्बर ७ की लक्ष्मी कापडी दोश्रो, वडा नम्बर २ की तुल्छी ओझा तेश्रो र वाड नं. १ की बिमला बागले सान्त्वना स्थान प्राप्त गरेको सिड नेपालकी कार्य समिति सदस्य तुलसी पुजाराले बताउनु भयो ।
उक्त प्रतियोगितामा सहभागि बालबालिकाहरुले समुदायमा बाल बिवाह प्रमुख समस्याका रुपमा रहेको र बाल बिबाह अन्त्यका लागि वाल क्लब, अभिभावक तथा सरोकारवालाले खेल्नु पर्ने भूमिकाको वारेमा आ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
गाउँ पालिका स्तरीय बक्तृत्वकला प्रतियोगिताका सहभागिहरुलाई पुरुस्कार तथा प्रमाण पत्र बितरण गर्दै आदर्श गाउँ पालिकाका अध्यक्ष गणेशबहादुर खड्काले समुदायमा बाल बिबाह अन्त्यका लागि वाल क्लबको क्षमता अभिबृद्धि तथा परिचालन गर्न आबश्यक रहेको बिचार व्यक्त गर्नु भयो ।
सभ्य समाज निर्माणको लागि बालबालिकाहरुमा लगानी गर्न आबश्यक रहेको बताउदै अध्यक्ष खड्काले आदर्श गाउँपालिकाले बालबालिकाका कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताउनु भयो ।
यसैगरि आदर्श गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी रोकायाले वाल विवाह अन्त्यका लागि बाल क्लबहरुले वालवालिकाहरु तथा अभिभावकहरुमा समेत सचेतना अभिबृद्धि गर्नु पर्ने बताउदै त्यसका लागि गाउँ पालिकाले आबश्यक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
आदर्श गाउँ पालिकाका बिभिन्न वडामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल तथा समान पहुच बिकास केन्द्र (सिड नेपाल) सँयुक्त साझेदारीमा एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना सन्चालित रहेको छ ।