Prem

खप्तड शैलेश्वरी गोल्डकपको दोश्रो सँस्करण श्रावन ६ गतेबाट शुरु हुने

घण्टेश्वर अनलाईन
सिलगढी
खप्तड शैलेश्वरी गोल्डकप फुटवल प्रतियोगिताको दोश्रो सँस्करण यही साउन महिना ६ देखि ९ गतेसम्म बाट डोटीको सिलगढीमा शुरु हुने भएको छ । सोही अबधिमा जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिता पनि आयोजना गरिने आयोजक सँस्था डोटी उद्योग बाणिज्य सँघ दिपायलले जनाएको छ ।
डोटी उद्योग बाणिज्य सँघ दिपायलको आयोजना तथा नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीको व्यवस्थापनमा हुन लागेको दुबै प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेकाले प्रतियोगितामा सहभागि हुन चाहने जिल्ला स्थित बिभिन्न क्लबहरु, सँघ, सँस्थाहरु, बिद्यालय, कर्मचारीहरुले साउन महिनाको ४ गतेसम्म आफ्नो टीम दर्ता गरि सक्न आग्रह गरेका छन ।
जिल्लामा बिगत केही समय यता सरकारी क्षेत्रबाट खेलकुदका गतिबिधिहरुमा कमी आउन थालेपछि निजी तथा गैरसरकारी क्षेत्रबाट क्षेत्रबाट प्रयास थालिएको छ । जिल्लामा प्रतियोगिताको माध्यमबाट दक्ष खेलाडीहरु उत्पादनमा सहयोग गर्ने उद्देश्यले दोश्रो सँस्करणको खप्तड शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता र महिला कबड्डी प्रतियोगिता आयोजना गर्न लागिएको डोटी उद्योग बाणिज्य सँघका अध्यक्ष मोहनबहादुर कलेलले जानकारी दिनु भयो ।
जिल्लामा आयोजना हुने बिभिन्न खेलकुद प्रतियोगितामा नेपाली सेनाको भैरव प्रसाद गणले पनि प्रबद्र्धन गर्दै आबश्यक व्यवस्थापकिय र अन्य सहयोग गर्दै आएको छ ।
डोटी जिल्लामा सुस्ताउदै गएको खेलक्षेत्रलाई माथि उठाउन, खेलप्रति खेलाडीहरुको मनोबल बढाउन, युवाहरुलाई रचनात्मक कार्यक्रममा सहभागि गराउन नेपाली सेनाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिई सहयोग गर्दै आएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताउनुभयो
डोटी जिल्ला भित्रका खेलाडीहरु मात्र सहभागि हुने उक्त प्रतियोगितामा विजयी हुने टिम र खेलाडीहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएका छन ।

फोटो ः प्रथम खप्तड शैलेश्वरी गोल्ड कप २०७९

Leave A Reply

Your email address will not be published.