डोटी बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा उपप्रध्यापक भट्ट नियुक्त

All time tax

घण्टेश्वर अनलाईन
सिलगढी
सुदूरपश्चिम प्रदेशकै पुरानो डोटी बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखमा उपप्रध्यापक लोकराज भट्ट नियुक्त भएका छन् ।
डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीको सिफारिसमा त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यलयले उपप्रध्यापक भट्टलाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेको हो । अँग्रेजी बिषयका उपप्रध्यापक भट्टलाई जेष्ठताका आधारमासहायक क्याम्पस प्रमुखका लागि सिफारिस गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
नवनियुक्त सहायक क्याम्पस प्रमुख भट्टले बुधबार पदभार ग्रहण गर्दै त्रिवि ऐन नियमअनुसार आफ्नो जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गर्ने र  क्याम्पसको शैक्षिक गुणस्तर सुधार गर्नमा ध्यानकेन्द्रित गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.